नेपाल टेलिकममा सतर्कता केन्द्रको ‘डन्डा’: समय पालना नगर्ने र पोसाक नलगाउने ७० कर्मचारी एकैदिन कारबाहीमा

नेपाल टेलिकममा सतर्कता केन्द्रको ‘डन्डा’: समय पालना नगर्ने र पोसाक नलगाउने ७० कर्मचारी एकैदिन कारबाहीमा

सरकारी कार्यालयहरूमा सेवा प्रवाह, समयपालन र कार्यालय पोसाकप्रति चरम लापरबाही देखिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार गरेको छड्के अनुगमनका क्रममा एकै दिन नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का ७० जना कर्मचारी कारबाहीमा परेका छन् ।

नेपाल टेलिकममा गरिएको अनुगमनमा ६३ जना कर्मचारी समयमा कार्यालय नआएको वा ढिला उपस्थित भएको पाइएको छ । साथै, तोकिएको कार्यालय पोसाक नलगाउने थप ७ जना कर्मचारी पनि फेला परेका छन् । यसरी कुल ७० कर्मचारीलाई कारबाहीको दायरामा ल्याइएको हो ।

उनीहरूलाई प्रचलित निजामती सेवा ऐन, २०४९ तथा अन्य सम्बन्धित कानुनअनुसार आवश्यक कारबाही गरी जानकारी दिन निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स