नेपाल पुनर्बीमाले १०० प्रतिशत हकप्रद जारी गर्ने

नेपाल पुनर्बीमाले १०० प्रतिशत हकप्रद जारी गर्ने
Advertisement Ads

नेपाल पुनर्बीमा कम्पनीले नियमन निकाय नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजीको लक्ष्य पुरा गर्न शतप्रतिशत हकप्रद अर्थात् १०० प्रतिशत सेयर निष्काशन गर्ने निर्णय गरेको छ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले अर्थ मन्त्रालयको स्वीकृति लिई उक्त प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। बीमा प्राधिकरणले कम्पनीलाई तोकिएको चुक्ता पूँजी २०८२ माघ मसान्तभित्र पुर्‍याउन निर्देशन दिएको छ।

व्यवसाय विस्तार, अन्तर्राष्ट्रिय बजारमा उपस्थिति मजबुत बनाउने र बीमा प्राधिकरणले तोकेको २६ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी पुर्‍याउने व्यवस्थापनको दीर्घकालीन योजनाअनुसार कम्पनीले हाल कायम रहेका सेयरधनीहरूलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो।

यस प्रयोजनका लागि कम्पनीले कम्पनी ऐन २०६३ को दफा ५६(१) र दफा ८३(क) अनुसार विशेष प्रस्ताव तयार पार्ने र आगामी साधारण सभामा अनुमोदन गराउने निर्णय गरेको छ।

download 5 1 https://bajarkochirfar.com/nepal-reinsurance-to-issue-100-percent-rights-shares | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स