नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्न फेरि निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ तान्न लागेको छ। आज साउन ११ गते दिउँसो ३ बजे यसका लागि बोलकबोल प्रक्रिया सञ्चालन गरिने राष्ट्र बैंकले जनाएको छ।
तरलता अत्यधिक भएपछि राष्ट्र बैंकले लगातार रूपमा निक्षेप संकलन उपकरण प्रयोग गरी प्रणालीबाट पैसा खिचिरहेको छ। पछिल्लो समय कर्जाको माग न्यून रहेकाले बैंकिङ प्रणालीमा तरलता प्रशस्त भएको हो। यसै कारण बैंक तथा वित्तीय संस्थाहरू न्यून ब्याजदर — करिब ३ प्रतिशत — मै राष्ट्र बैंकलाई पैसा दिन बाध्य छन्।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँका गुणांकमा बोलकबोल गर्न सक्नेछन्। कुल आह्वान रकमसम्म भाग गर्दा निःशेष भाग स्वीकार गरिनेछ। बोलकबोल बहुब्याजदरमा गर्न सकिने र ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
यो २८ दिने निक्षेप संकलन हो, जसको साँवा तथा ब्याज भदौ ८ गते भुक्तानी गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया