SHAREHUBSHAREHUB

राष्ट्र बैंकले गर्यो एक मनिचेञ्जर कम्पनीको लाइसेन्स खारेज

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ६ गते
AdvertisementAds
राष्ट्र बैंकले गर्यो एक मनिचेञ्जर कम्पनीको लाइसेन्स खारेज
AdvertisementAds

नेपाल राष्ट्र बैंकले पोखरास्थित एक मनिचेञ्जर कम्पनीको इजाजतपत्र ‘लाइसेन्स’ खारेज गरेको छ। राष्ट्र बैंक, पोखरा कार्यालयले २०८३ जेठ ६ गते सार्वजनिक सूचना जारी गर्दै श्री सेन्ट्रल एक्स्चेञ्ज काउण्टर प्रा.लि., पोखरा–०६, कास्कीको लाइसेन्स खारेज गरिएको जानकारी दिएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले विदेशी मुद्रा खरिद कारोबार बन्द गरी स्वेच्छिक रूपमा इजाजतपत्र खारेज गर्न निवेदन दिएको थियो।

सोही निवेदन तथा सेन्ट्रल एक्स्चेञ्ज काउण्टर प्रा.लि.को आग्रहका आधारमा राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम निर्णय गर्दै लाइसेन्स खारेज गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स