नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ४५ अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत निक्षेप संकलनमार्फत उक्त रकम ४२ दिनका लागि उठाउन लागेको हो।
राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्म ५ करोड रुपैयाँले भाग जाने गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यस निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्। संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी असार १२ गते गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम राख्न तथा मौद्रिक स्थायित्व सुनिश्चित गर्न यस्ता उपकरणहरू नियमित रूपमा प्रयोग गर्दै आएको छ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया