नेपाल इन्स्योरेन्स कम्पनीले भोलि साउन ६ गतेदेखि ३४.७८ प्रतिशत हकप्रद सेयर खुला गर्ने भएको छ। हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ छ र १०:३.४७८३ अनुपातमा कुल ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिनेछ, जसको कुल मूल्य ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबर छ।
सेयरधनीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवा, सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन्।
साथै, धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका केन्द्रीय र शाखा कार्यालयबाट पनि आवेदन दिन सकिन्छ। आवेदन दिने अन्तिम मिति साउन २६ गते तोकिएको छ।
कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको हुँदा जेठ २९ गतेसम्म कायम सेयरधनीहरूले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन्।



















![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)
प्रतिकृया