लाभांश पारित गर्न नेपाल इन्स्योरेन्स कम्पनीको साधारणसभा आज बस्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १९ गते
लाभांश पारित गर्न नेपाल इन्स्योरेन्स कम्पनीको साधारणसभा आज बस्दै
AdvertisementAds

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६औं वार्षिक साधारणसभा आज, चैत १९ गते, काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सम्पन्न हुँदैछ।

सभामा कम्पनीले आफ्नो हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ।

साथै, चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि राखिनेछ, जसमा पछि सम्भावित संशोधनसमेत गर्न सकिनेछ। बोनस सेयर जारी गर्दा कम्पनीको जारी र चुक्ता पूँजीमा वृद्धि हुनेछ, र यसका आधारमा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि हुनेछ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरिनेछ र चालू आवको लागि लेखापरीक्षक नियुक्ति तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

साथै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चहरूको अनुमोदन पनि गरिनेछ।

AdvertisementAds

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार चैत ६ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स