नेपाल इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १९ गते
नेपाल इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।

चुक्ता पूँजीको ४० प्रतिशत (पछि सम्भावित संशोधनसमेत गर्न सकिने) हकप्रद सेयर र बोनस सेयर जारी गरेपछि कम्पनीको जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ।

साथै,गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थागत सामािजक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स