वित्तीय खर्च घट्दा नेपाल हाइड्रो डेभलपर्सको नाफामा सुधार

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २५ गते
वित्तीय खर्च घट्दा नेपाल हाइड्रो डेभलपर्सको नाफामा सुधार

नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३२.२६ प्रतिशतले बढेर ४ करोड ९८ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड १५ लाखबाट १०.७१ प्रतिशतले बढेर ९ करोड २ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च १ करोड ६ लाख रुपैयाँबाट घटेर ५२ लाख ३२ हजार रुपैयाँमा झरेको छ। कम्पनीको सञ्चालन मुनाफा ७ करोड ६९ लाख रुपैयाँ र अन्य आम्दानी ११ लाख रुपैयाँ रहेको छ। यता कम्पनीको प्रशासनिक, बिक्री तथा वितरण खर्च २० लाख २ हजारबाट बढेर २४ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

३८ करोड ८१ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको जगेडा कोषमा ८ करोड ९ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १७ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८४ पैसा छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स