४७ अर्ब नाफामा रहेको विद्युत प्राधिकरणले आइपीओ जारी गर्ने तयारी, लगातार तेस्रो पटक पायो डबल ए प्लस रेटिङ

४७ अर्ब नाफामा रहेको विद्युत प्राधिकरणले आइपीओ जारी गर्ने तयारी, लगातार तेस्रो पटक पायो डबल ए प्लस रेटिङ

नेपाल विद्युत प्राधिकरणले आर्थिक अवस्था मजबुत बनाउँदै आइपीओ जारी गर्ने तयारी गरेको छ। आठ वर्षअघि ३४ अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब रुपैयाँ नाफामा पुगेको छ। गत आर्थिक वर्षमा भने प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो। प्राधिकरणको वार्षिक आम्दानी पनि उल्लेखनीय रूपमा बढेर  १ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।

इक्रा नेपालले प्राधिकरणलाई रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ दिएको हो। प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वलगायत विश्लेषण गरी रेटिङ गरेको हो । प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’ रेटिङ प्राप्त भएको छ।

प्राधिकरणले आफ्नो कुल चुक्ता पुँजीको ३ खर्ब रुपैयाँ कायम गरी हुन आउने २० प्रतिशत सर्वसाधारणलाई आइपीओ मार्फत बिक्री गर्ने प्रस्ताव गरिएको छ। प्रिमियमसहित प्रतिकित्ता मूल्य करिब ३ सय रुपैयाँ कायम गरी सेयर निष्कासन प्रस्ताव गरिएको हो र सरकारबाट स्वीकृति पाउनेबित्तिकै सेयर निष्कासन प्रक्रिया अघि बढाइनेछ। यसबाट संकलित रकम प्राधिकरणले ठूला जलविद्युत् परियोजनामा लगानी गरिनेछ।

प्राधिकरणले देशभर विद्युत आपूर्ति सुधार गर्दै विद्युतीकरणको स्तर ९९ प्रतिशत पुर्‍याइसकेको छ। साथै, प्राधिकरणले स्वदेशी तथा विदेशी लगाीकर्ताले निर्माण गर्ने जलविद्युत् आयोजनाहरूसँग झन्डै ११ हजार मेगावाटको दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) पनि गरिसकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स