नेपाल बैंक लिमिटेडको साधारण सभा आज बस्दै, के-के छन् प्रस्तावहरु?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ६ गते
नेपाल बैंक लिमिटेडको साधारण सभा आज बस्दै, के-के छन् प्रस्तावहरु?

नेपाल बैंक लिमिटेडको आज चैत ६ गते ६५औं वार्षिक साधारण सभा बस्दैछ। सभा नेपाल एपीएफ क्लब, हलचोक, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण, साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका एजेन्डामा छलफल हुनेछ। साथै, नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनीको तर्फबाट तीन जना सञ्चालकहरुको निर्वाचन गर्नेछ।

सभा प्रयोजनका लागि बैंकले फागुन २२ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स