नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई सात दिनभित्र ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ।
प्राधिकरणका अनुसार, बीमा कम्पनीहरूले लगानी व्यवस्थापनका लागि सो सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा ‘लगानी व्यवस्थापन इकाई’ गठन गर्नुपर्नेछ। साथै, इकाई स्थापना गरेको बारेमा सात दिनभित्र प्राधिकरणलाई जानकारी दिनुपर्नेछ।
यसैगरी, लघुबीमा कम्पनीहरूलाई पनि सोही प्रकृयाअनुसार अनुभवी उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिई सात दिनभित्र जानकारी गराउन निर्देशन दिइएको छ।
यदि कुनै बीमा कम्पनीले यसअघि नै लगानी व्यवस्थापनसम्बन्धी व्यवस्था लागू गरिसकेको छ भने, त्यसको जानकारी समेत सात दिनभित्र प्राधिकरणलाई दिनुपर्नेछ।












![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)
![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया