नेकपाले काठमाडौंका १० क्षेत्रमा उम्मेदवार टुंगो लगायो

नेकपाले काठमाडौंका १० क्षेत्रमा उम्मेदवार टुंगो लगायो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ।

काठमाडौं–१ मा अभियन्ता मेनुका भण्डारी (कृतु), काठमाडौं–२ मा नितेश पौडेल, काठमाडौं–३ मा नीरज लामा उम्मेदवार बनेका छन्। काठमाडौं–४ मा पूर्व विद्यार्थी नेता ईन्द्र भुषाल, काठमाडौं–५ मा कल्पना शर्मा र काठमाडौं–६ मा हिमाल शर्मा उम्मेदवार रहेका छन्।

काठमाडौं–७ बाट वसन्त मानन्धर, काठमाडौं–८ बाट अभियन्ता सुमन साय्मि र काठमाडौं–९ बाट राधाकृष्ण महर्जनले उम्मेदवारी दिने भएका छन्। काठमाडौं–१० मा नेकपाले हितमान शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शाक्य २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं–६ बाट निर्वाचित भएका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स