पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भेनेजुएलामाथि संयुक्त राज्य अमेरिकाले गरेको सैन्य कारबाहीको कडा निन्दा गरेको छ।
पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै यस्ता कारबाहीले विश्व शान्ति र स्थायित्वमा गम्भीर खतरा उत्पन्न गर्ने चेतावनी दिएको छ।
विज्ञप्तिमा अमेरिकी हस्तक्षेपका कारण अन्तर्राष्ट्रिय स्तरमै अस्थिरता र द्वन्द्वको जोखिम बढ्ने उल्लेख गरिएको छ। साथै, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई विना सर्त तत्काल रिहा गर्न नेकपाले माग गरेको छ।


प्रतिकृया