राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि उम्मेदवार चयन गरेको छ। कांग्रेस र एमालेसँगको गठबन्धन प्रयास असफल भएपछि नेकपाले सबै सिटमा आफ्ना उम्मेदवारहरू प्रस्तुत गरेको हो।
नेकपाले गण्डकी प्रदेशमा एक सिट खाली राख्दै कुल १७ उम्मेदवार मात्र चयन गरेको छ। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत सबै सिटमा उम्मेदवारी दर्ता गर्न नेकपा तयार भएको छ। उम्मेदवारी दर्ता आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुँदैछ।
नेपाली कांग्रेस–एमाले गठबन्धनबाट अलग भएपछि नेकपाले पनि उम्मेदवारी दिने तयारी गरेको हो। राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुँदैछ।
नेकपाका उम्मेदवारहरू यस्ता छन्–
कोशी
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने
मधेश
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल
बागमती
प्रेम प्रसाद सापकोटा
सरोज कुमारी झा
गण्डकी
कपिल लामा
खाली ……
लुम्बिनी
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक
कर्णाली
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा
सुदूरपश्चिम
टीकाराम जैशी
रोजी बस्नेत सुनार

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया