नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आगामी असार ५ गते बिहान १०:३० बजे लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा ३७औं वार्षिक साधारण सभा बोलाएको छ।
सभामा हालको चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँमा आधारित १०% नगद लाभांश, ५% बोनस सेयर, र बोनसमा लाग्ने कर तिर्न ०.७८९४७३% नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गरिनेछ।
साथै, वार्षिक प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति, खर्च अनुमोदन, प्रबन्धपत्र तथा नियमावली संशोधन, र पूँजी वृद्धि सम्बन्धी प्रस्तावहरू पारित गरिने छन्। सभामा ‘क वर्ग’बाट ३ जना र ‘ख वर्ग’बाट २ जना सञ्चालकको निर्वाचन पनि हुनेछ।
कम्पनीले सभा तथा लाभांश प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार जेठ २१ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश पाउने र सभामा सहभागी हुन सक्नेछन्।






![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)







![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया