नेशनल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ६२ करोड ३९ लाख रुपैयाँ ऋणात्मक भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कुल नाफा घट्नुको मुख्य कारण कुल आम्दानी ९० करोड ६८ लाख रुपैयाँबाट घटेर ७० करोड ९ लाख रुपैयाँमा सीमित हुनु र कुल खर्च ४२ करोड ३० लाख रुपैयाँबाट बढेर १ अर्ब ३० करोड रुपैयाँ पुग्नु हो।
चौथो त्रैमाससम्ममा नेशनल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ९.४५ प्रतिशतले घटेर ५६ करोड ६ लाख रुपैयाँमा समित भएको छ भने बीमा कोषको आकार ६९.८५ प्रतिशतले बढेर २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।
नेशनल इन्स्योरेन्सको स्पेशल रिजर्भमा १ अर्ब ४५ करोड रुपैयाँ, महाविपत्ति कोषमा ३ करोड २१ लाख रुपैयाँ, र जगेडा कोषमा १ अर्ब ४२ करोड रुपैयाँ ऋणात्मक सञ्चित रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।












![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)


![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया