SHAREHUB SHAREHUB

विद्युत् नियमन आयोग अध्यक्षका लागि अन्तिम ७ जना उम्मेदवारको नाम सार्वजनिक, अन्तर्वार्ता कहिले ?

Advertisement Ads
विद्युत् नियमन आयोग अध्यक्षका लागि अन्तिम ७ जना उम्मेदवारको नाम सार्वजनिक, अन्तर्वार्ता कहिले ?
Advertisement Ads

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगको अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत अन्तिम सात जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ।

मन्त्रालयअन्तर्गतको विद्युत् नियमन आयोग अध्यक्ष तथा सदस्य नियुक्ति सिफारिस समितिले सूचना जारी गर्दै व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।

समितिका अनुसार अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये आवश्यक न्यूनतम शैक्षिक योग्यता र कार्यानुभव पूरा गरेका तथा व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा ५० प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई अन्तिम चरणका लागि छनोट गरिएको हो।

अन्तिम सूचीमा केशवध्वज अधिकारी, डा. रामप्रसाद धिताल, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसूदन अधिकारी, डा. भोलानाथ शर्मा घिमिरे र नारायणप्रसाद सापकोटा परेका छन्।

समितिले सार्वजनिक गरेको सूचनाअनुसार छनोट भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार ६ गते सञ्चालन गरिनेछ। उक्त प्रक्रिया सम्पन्न भएपछि आयोगको अध्यक्ष नियुक्तिका लागि अन्तिम सिफारिस गरिनेछ।

Advertisement Ads

WhatsApp Image 2026 06 17 at 20.43.49 https://bajarkochirfar.com/names-of-the-final-7-candidates-for-the-chairmanship-of-the-electricity-regulatory-commission-have-been-made-public-when-will-the-interview-be | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स