SHAREHUBSHAREHUB

कान्तिपुर सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण तिरेको भए प्रमाणसहित उपस्थित हुन आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २१ गते
AdvertisementAds
कान्तिपुर सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण तिरेको भए प्रमाणसहित उपस्थित हुन आग्रह
AdvertisementAds

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

समितिले २०८३ जेठ २० गतेको निर्णयअनुसार उपलब्ध ऋण विवरणका आधारमा उक्त नामावली सार्वजनिक गरिएको जनाएको छ। साथै, यसअघि नै ऋण चुक्ता गरिसकेका भए पनि नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।

समितिले अझै ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई कार्यालयमा सम्पर्क गरी यथाशीघ्र बक्यौता रकम चुक्ता गर्न सूचना दिएको छ। तोकिएको समयभित्र ऋण नतिरे प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिइएको छ।

बचतकर्ताको रकम फिर्ता गराउने तथा उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको समितिले स्पष्ट पारेको छ।

AdvertisementAds
PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स