SHAREHUBSHAREHUB

२३ समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नाम सार्वजनिक, बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन (नामसहित)

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २० गते
AdvertisementAds
२३ समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नाम सार्वजनिक, बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन (नामसहित)
AdvertisementAds

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ सहकारीका सञ्चालकहरूको नाम सार्वजनिक गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार, सार्वजनिक गरिएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको आशंका गरिएको छ। सो सम्बन्धमा कुनै जानकारी भए सर्वसाधारणलाई सूचित गर्न समेत आग्रह गरिएको छ।

समितिले नाम सार्वजनिक गरिएका सञ्चालकलाई सम्बन्धित सहकारीको दायित्व फरफारक, ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमा सहयोग गर्न निर्देशन दिएको छ। साथै, बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्न पनि निर्देशन गरिएको छ।

समितिको निर्देशन अवज्ञा गरेमा कानूनी कारबाही हुने चेतावनी समेत दिइएको सूचनामा उल्लेख छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स