नगरकोट रिसोर्ट लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । आइपीओ प्रस्ताव सहित कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा कम्पनीको कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)


प्रतिकृया