नबिल बैंक लिमिटेडले आफ्नो ४१ औँ वार्षिक साधारण सभा पुस २८ गते, काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट आयोजना गर्ने भएको छ।
पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ। प्रस्तावअनुसार, गत आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्नेछ।
त्यसैगरी, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित हुने प्रस्ताव छ।
सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने, २०८२ असार मसान्तसम्मको वित्तीय विवरण पारित गर्ने, सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ र नबिल स्टक डिलरको वित्तीय विवरणसहितको एकीकृत विवरण स्वीकृत गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ति जानकारी दिने र एक जना संस्थापक सेयरधनीको निर्वाचन गर्ने प्रस्तावहरू पनि प्रस्तुत गरिनेछन्।
लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि बैंकले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १५ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया