नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बुढीगण्डकी जलविद्युत आयोजना जनताको लगानीबाट निर्माण गर्न सकिने प्रस्ताव राखेका छन्। सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले अर्थमन्त्रीले स्रोत व्यवस्थापनको विकल्प खोजिरहेको उल्लेख गर्दै, जनतालाई सेयर बिक्री गर्नु एउटा उपयुक्त उपाय हुनसक्ने धारणा राखे।
उनका अनुसार, यदि ३ करोड १५ लाख नेपालीलाई प्रतिव्यक्ति ९ हजार ८४१ रुपैयाँका दरले सेयर वितरण गरिने हो भने बुढीगण्डकीजस्तो राष्ट्रिय गौरवको आयोजना नेपाली जनताको लगानीमै निर्माण गर्न सकिन्छ। बजगाईले यो प्रस्ताव सरकारसम्म पुर्याइदिन सभामुखसमक्ष अनुरोध पनि गरे।
अर्को प्रसंगमा उनले बाढीले क्षति पुर्याएको त्रिशूली नदीको धवाडीघाट, ठेवाटार, र सिलिङटार क्षेत्रमा रहेका झोलुंगे पुल अझै पुनर्निर्माण नभएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।













![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया