माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा १३३.९ प्रतिशतले बढेर ६२ करोड ९० लाख ७५ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्रीबाट आम्दानी ३३.९२ प्रतिशतले बढेर १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९७ करोड ६२ लाख रुपैयाँ थियो। यस्तै, बीमा दाबी भुक्तानी अन्तर्गत ८ करोड ६ लाख रुपैयाँ प्राप्त भएको छ ।
कम्पनीको बित्तिय खर्च २६ करोड ८८ लाखबाट घटेर २४ करोड ४३ लाख रुपैयाँमा सिमित भएको छ। यी कारणले कम्पनीको खुद नाफामा वृद्धि भएको हो। यता संचालन मुनाफा ५४ करोड ३३ लाख रुपैयाँबाट बढेर ८९ करोड २१ लाख रुपैयाँ पुगेको छ।
माउन्टेन इनर्जीको चुक्ता पूँजी २ अर्ब ६० करोड २७ लाख रुपैयाँ रहेको छ भने रिटेन अर्निंग १ अर्ब ३५ करोड रुपैयाँ छ।
समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ११.८८ रुपैयाँबाट बढेर २४.१७ रुपैयाँ पुगेको छ भने प्रति सेयर नेटवर्थ १४८.२० रुपैयाँबाट बढेर १५२.११ रुपैयाँमा पुगेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

















प्रतिकृया