लाभांश पारित गर्न माउन्टेन इनर्जीले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २५ गते
लाभांश पारित गर्न माउन्टेन इनर्जीले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

माउन्टेन इनर्जी नेपाल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कार्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले सभा मंसिर २९ गतेका लागि तय गरेको हो।

सभामा आर्थिक वर्ष २०८१/०८२ का लागि चूक्तापूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत हुनेछ। यी प्रस्तावहरू साधारणसभाबाट अनुमोदन गरिने छन्।

साथै, वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लेखा परीक्षकको नियुक्ति लगायतका अन्य एजेन्डामा समेत छलफल हुने र निर्णय गरिने कम्पनीले जनाएको छ।

साधारण सभा र लाभांश वितरणका लागि लघुवित्तले मंसिर १७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार, मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स