दुई इन्स्योरेन्सको ५६ लाख २५ हजार बढी कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १४ गते
दुई इन्स्योरेन्सको ५६ लाख २५ हजार बढी कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

बिहिबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको कुल ५६ लाख २५ हजार ६६४ कित्ता सेयर सूचीकृत भएको हो।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको २.५० प्रतिशत अर्थात ६ लाख २५ हजार ६६४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2025 10 31 065608 https://bajarkochirfar.com/more-than-5-6-million-25-thousand-units-of-bonus-shares-of-two-insurance-companies-have-been-listed-on-the-nepse-when-can-they-be-traded | %tags

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको १० प्रतिशत अर्थात ५० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2025 10 31 070915 https://bajarkochirfar.com/more-than-5-6-million-25-thousand-units-of-bonus-shares-of-two-insurance-companies-have-been-listed-on-the-nepse-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स