छिमेक लघुवित्तले १ लाख ९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा हाल कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकेको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज बुधबार (चैत २० गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन नपरे पश्चातअन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
















प्रतिकृया