जेनजी आन्दोलनका घाइतेलाई मासिक ९ हजारसम्म राहत, फागुन १५ भित्र घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १० गते
जेनजी आन्दोलनका घाइतेलाई मासिक ९ हजारसम्म राहत, फागुन १५ भित्र घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको विवरण स्वास्थ्य संस्थामा उपलब्ध गराउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई घाइतेहरूको विवरण तत्काल मन्त्रालयमा उपलब्ध गराउन भनिएको जानकारी दिए।

उनका अनुसार जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहतलाई प्रभावकारी बनाउन गठित समन्वय समितिले यही फागुन १५ गतेभित्र घाइतेको विवरण उपलब्ध गराउने निर्णयअनुसार मन्त्रालयले स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो।

डा बुढाथोकीले घाइतेहरूको सूचीकरण, वर्गीकरण र पुनःवर्गीकरण कार्य फागुन १ देखि १५ गतेभित्र सम्पन्न गर्न सबै स्वास्थ्य संस्थालाई भनिएको बताए। फागुन १५ गतेभित्र प्राप्त विवरणको आधारमा छानबिन गरी अन्तिम नामावली सार्वजनिक गरिनेछ।

अहिलेसम्म २०० जना घाइतेको विवरण मात्रै उपलब्ध भएको मन्त्रालयको तथ्यांकमा देखिन्छ। उनले सामान्य घाइते भएका धेरै व्यक्तिहरूले सुविधा नपाउनुका कारण मन्त्रालयसँग सम्पर्क नगरेको हुन सक्ने बताए।

सरकारले जेनजी प्रदर्शनका घाइतेको आधारमा राहत व्यवस्था तय गरेको छ। अतिगम्भीर घाइते र तिनको स्याहार गर्नेलाई मासिक ९ हजार, गम्भीर घाइतेलाई मासिक ९ हजार र मध्यम घाइतेलाई मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए। मन्त्रालयको तथ्यांक अनुसार जेनजी प्रदर्शनका क्रममा कुल २ हजार ५९९ जना घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स