नेपाल राष्ट्र बैंकले आज, भदौ १८ गते, बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने तयारी गरेको छ। अधिक तरलता भएका कारण केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट पैसा खिच्ने योजना बनाएको हो।
यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको भागमा बोलकबोल गर्न सक्नेछन्, जसमा निःशेष भाग कुल आह्वान रकमसम्म जानुपर्नेछ।
राष्ट्र बैंकका अनुसार बोलकबोल एकल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था छ। यस प्रक्रियामा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। यो २५ दिने निक्षेप संकलन उपकरणको असोज १२ गते प्रिन्सिपल तथा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया