बजारमा पैसा फालाफाल, राष्ट्र बैंकले आज फेरि ५० अर्ब उठाउँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ४ गते
बजारमा पैसा फालाफाल, राष्ट्र बैंकले आज फेरि ५० अर्ब उठाउँदै

आज (आइतबार) राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ। बैंक तथा वित्तीय संस्थाबाट बोलकबोलमार्फत निक्षेप संकलन गरिनेछ, जहाँ न्यूनतम १० करोड र अधिकतम सीमा ५ करोडको गुणांकमा निःशेष भाग जाने गरी तोकिएको छ।

कुल निक्षेप ७२ खर्ब नाघेसँगै वित्तीय प्रणालीमा अधिक तरलता देखिएको र ब्याजदर व्यवस्थापन गर्न यस्तो कदम चालिएको हो। संकलित निक्षेपको सावाँ तथा ब्याज २०८२ भदौ १५ मा तिर्नेछ।

यो प्रक्रिया दीर्घकालीन तरलता व्यवस्थापन गर्ने संरचनात्मक खुला बजार कारोबारको भाग हो, जसअनुसार केन्द्रीय बैंक समय–समयमा यस्तो उपकरण प्रयोग गर्दै आएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स