बैंकिङ प्रणालीमा अत्यधिक तरलता संचित भएपछि नेपाल राष्ट्र बैंकले आज असार ११ गते ५० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट तरलता खिच्न निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत रकम संकलन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार, निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्मको भागबन्डा गर्नेगरी कुल आह्वान रकमभित्र बोलकबोल गर्न सक्नेछन्।
बोलकबोल प्रक्रियामा बैंकहरूले बहुब्याजदरमा प्रस्ताव राख्न सक्नेछन्। यो निक्षेप संकलन प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकले निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ ११ गते गर्ने जानकारी दिएको छ।















प्रतिकृया