बजारमा पैसा फालाफाल, राष्ट्र बैंकले आज फेरि २५ अर्ब उठाउँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २२ गते
बजारमा पैसा फालाफाल, राष्ट्र बैंकले आज फेरि २५ अर्ब उठाउँदै

नेपाल राष्ट्र बैंकले आज (आइतवार) २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। वित्तीय प्रणालीमा देखिएको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि बैंकले निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रक्रियामा निक्षेप खिच्न लागेको हो। हाल प्रणालीमा कुल निक्षेप ७२ खर्बभन्दा बढी पुगेको छ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। निक्षेप रकम बाँडफाँड गर्दा सहभागीले प्रस्ताव गरेका ब्याजदरमध्ये सबैभन्दा कम दर बोल गर्नेलाई प्राथमिकता दिइनेछ। बोल गर्न सकिने न्यूनतम सीमा १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा कुल आह्वान रकमसम्म रहनेछ।

राष्ट्र बैंकका अनुसार आज संकलन हुने निक्षेपको सावाँ तथा ब्याज २०८२ असोज १२ गते भुक्तानी हुनेछ।

खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार, दीर्घकालीन तरलता व्यवस्थापनका लागि आवश्यकताअनुसार ६ महिनासम्मको अवधिका निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने प्रावधान छ। यही प्रावधानअनुसार राष्ट्र बैंकले पटक–पटक यस्तो उपकरण प्रयोग गर्दै आएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स