नेपाल राष्ट्र बैंकले आज पुनः ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि वैशाख २ गते उक्त रकम निक्षेप संकलन उपकरणमार्फत संकलन गर्न लागिएको हो।
यसका लागि आज दिउँसो ३ बजे बोलकबोल (bidding) हुनेछ। निक्षेप राख्न इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँको गुणकमा कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।
बोलकबोल ब्याजदरका आधारमा हुनेछ र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यो ५६ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी जेठ २७ गते भुक्तानी गरिनेछ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया