गगन र विश्वमाथि खनिए मोहन : विशेष महाधिवेशन तपाईका लागि हो, युवाका लागि होइन !

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २८ गते
गगन र विश्वमाथि खनिए मोहन : विशेष महाधिवेशन तपाईका लागि हो, युवाका लागि होइन !

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि पार्टीभित्र ‘युवा पुस्ताका लागि भनेर आफ्नै स्वार्थका लागि मात्रै विशेष महाधिवेशनको माग गरिरहेको’ आरोप लगाएका छन्।

मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाटमा बस्नेतले विशेष महाधिवेशनको माग नयाँ पुस्तालाई अवसर दिनका लागि नभई नेतृत्वमा पुग्ने दाउका रूपमा गरिएको टिप्पणी गरे।

बस्नेतले अहिले जेन–जी पुस्तासहित नयाँ पुस्ता पार्टीमा प्रवेश गर्न उत्साहित रहेको र त्यसका लागि वडा, पालिका, प्रदेश हुँदै केन्द्रसम्मको नियमित महाधिवेशन नै उपयुक्त माध्यम हुने बताए। उनले नियमित अधिवेशनमार्फत मात्र सबै तहका सदस्य सहभागी हुने वातावरण बन्ने भन्दै त्यसले नेतृत्व हस्तान्तरणको मार्ग खोल्ने स्पष्ट पारे।

उनले सभापति शेरबहादुर देउवाले बारम्बार अब महाधिवेशनमा उम्मेदवारी नदिने बताएका बेला महामन्त्रीहरूले ‘विशेष महाधिवेशन’ को हल्ला मच्चाउनु गैरजिम्मेवार व्यवहार भएको आरोप लगाए। बस्नेतले सभापतिलाई नै लक्षित गरेर अनावश्यक विवाद उठाइरहनु पार्टी एकताको दृष्टिले पनि अशोभनीय कार्य भएको बताएका छन्।

बस्नेतले अहिले पार्टीलाई नियमित महाधिवेशनतर्फ अघि बढाउनुपर्ने बताए। तर त्यसका लागि जिम्मेवारी पाएका महामन्त्रीहरूले नै क्रियाशील सदस्यता छान्ने प्रक्रिया र तयारी पूरा नगरेको आरोप पनि उनले लगाए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स