निःशुल्क उपचारमा समस्या परे सिधै सम्पर्क गर्न सकिने, मन्त्रालयले सार्वजनिक गर्यो अस्पतालहरूको सम्पर्क सूची

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १८ गते
निःशुल्क उपचारमा समस्या परे सिधै सम्पर्क गर्न सकिने, मन्त्रालयले सार्वजनिक गर्यो अस्पतालहरूको सम्पर्क सूची
AdvertisementAds

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गराउन देशभरका सेवाप्रदायक अस्पताल तथा जिम्मेवार सम्पर्क अधिकारीहरूको विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचीमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पताल समेटिएका छन्। निःशुल्क शय्या सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न र सेवा सम्बन्धी गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारीको नाम र फोन नम्बर सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।

यस व्यवस्थाअनुसार सेवाग्राहीले निःशुल्क उपचारसम्बन्धी जानकारी लिन, सेवा प्राप्तिमा समस्या आए गुनासो गर्न वा आवश्यक समन्वयका लागि सम्बन्धित अस्पतालका फोकल पर्सनसँग सिधै सम्पर्क गर्न सक्नेछन्।

मन्त्रालयले कार्यविधिअनुसार उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै प्रभावकारी बनाउन निगरानी र समन्वयलाई थप कडाइ गरेको जनाएको छ। यसअघि नै निःशुल्क शय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइसकेको मन्त्रालयले अस्पतालहरूलाई आरक्षित शय्याको विवरण नियमित रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था पनि लागू गरिसकेको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स