गृह मन्त्रालयले सोमबार प्रमुख जिल्ला अधिकारीसहित ८ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयको सोमबारको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालालाई पाँचथरको सहायक प्रमुख जिल्ला अधिकारीमा तथा बझाङका प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।
सोमबार साँझ सार्वजनिक गरिएको विवरणअनुसार मन्त्रालयका उपसचिव जुनु हमाल ढकाललाई डोल्पाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीलाई बझाङको प्रमुख जिल्ला अधिकारी तथा गृह मन्त्रालयका उपसचिव नवराज बराललाई बागलुङको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।
त्यसैगरी मन्त्रालयका उपसचिव भविश्वर घिमिरेलाई कपिलवस्तुको सहायक प्रमुख जिल्ला अधिकारी र उपसचिव कृष्णप्रसाद गैरेलाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ। बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ।













![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया