२४ घण्टे निर्देशन नमान्दा गृह मन्त्रालयले काट्यो १४ कर्मचारीको हाजिरी

२४ घण्टे निर्देशन नमान्दा गृह मन्त्रालयले काट्यो १४ कर्मचारीको हाजिरी

गृह मन्त्रालयले तोकिएको स्थानमा जान आदेश दिइएको २४ घण्टाभित्र नपुगेका १४ कर्मचारीको हाजिरी काटेको छ। मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका अनुसार उनीहरूको रजिस्टर र ई-हाजिरी दुवै काटिएको हो।

एक महिनासम्म खटाइएको स्थानमा नपुगेपछि मन्त्रालयले १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई साउन १५ गते २४ घण्टाभित्र खटिएको स्थानमा हाजिर हुन निर्देशन दिएको थियो। तर, २३ मध्ये केवल ८ कर्मचारीले मात्रै तोकिएको स्थानमा हाजिरी दिए, बाँकीको हाजिरी काटिएको छ।

साउन १६ गते मन्त्रालयको वेब पोर्टलमा सूची सार्वजनिक गरिएको थियो। खटाइएको स्थानमा नजानेहरूमा असार १६, असार १८, साउन ७ र साउन १८ गते निर्णय भएका कर्मचारीहरू छन्।

शाखा अधिकृतहरूमा सुजन शुभ भ्लोन, चिरञ्जीवी जिएम, जानुकाकुमारी पोखरेल, भीमकुमार बस्नेत, न्युटन लम्साल, फर्सुराम भट्टराई र रेनुकाकुमारी पाण्डे तोकिएको स्थानमा गएका छन् भने एक नायब सुब्बा पनि त्यही छन्। बाँकी कर्मचारीको हाजिरी काटिएको छ।

525618765 1706392960402335 3695993293966656370 n SgdOB6I0R8 https://bajarkochirfar.com/ministry-of-home-affairs-cuts-attendance-of-14-employees-for-not-following-24-hour-directive | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स