आसन ग्रहण नगरेको भन्दै ऊर्जा राज्यमन्त्रीले सचिवलाई सोधे– ‘किन कारबाही नगर्ने?’ भन्दै २४ घण्टे स्पष्टीकरण

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २९ गते
आसन ग्रहण नगरेको भन्दै ऊर्जा राज्यमन्त्रीले सचिवलाई सोधे– ‘किन कारबाही नगर्ने?’ भन्दै २४ घण्टे स्पष्टीकरण
AdvertisementAds

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले मन्त्रालयका सचिव सुरेश आचार्यसँग २४ घण्टे स्पष्टीकरण सोधेका छन्।

गत सोमबार सिँचाइ दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा राज्यमन्त्री तामाङ प्रमुख अतिथि थिए। तर, सचिव आचार्यले सो कार्यक्रम बहिष्कार गर्दै मञ्चमा आसन ग्रहण नगरेको भन्दै राज्यमन्त्रीले बिहीबार उनलाई स्पष्टीकरण सोधेका हुन्।

राज्यमन्त्रीले पठाएको पत्रमा सचिव आचार्यले “राज्यमन्त्री सहभागी कार्यक्रममा म बस्न तयार छैन” भन्ने अभिव्यक्ति दिएको उल्लेख छ। यस्तो अभिव्यक्ति र व्यवहारले पदीय आचरण र सरकारी मर्यादामा आँच पुर्‍याएको भन्दै राज्यमन्त्रीले अनुशासनको कारबाही किन नहोस उल्लेख गरेका छन्।

पत्रमा भनिएको छ, “‘राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुको साथै पदीय गरिमा समेत कायम गर्ने नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाईसमेत धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको तपाईँलाई अनुशासनको कारबाही किन गर्नु नपर्ने हो ?’

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स