बागमती प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अनाहकमा खिल्ली उडाइएको बताएका छन्।
बुधबार सिन्धुलीको तीनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहमा उनले गगन थापाले उन्नतिको सपना देख्नुको खिल्ली उडाउनु अनुचित भएको बताए।
मंसिर १६ मा स्थानीय तह उपनिर्वाचन प्रचारका क्रममा कीर्तिपुरमा आयोजित सभामा महामन्त्री थापाले क्रिर्तिपुरको डांडामै बसेर युवाले प्रविधिको प्रयोग गरी स्वदेशमै लाखौँ कमाउन सक्ने धारणा राखेका थिए। तर, त्यसको व्यापक आलोचना भएपछि मन्त्री काफ्लेले थापाको बचाउ गर्दै ‘उन्नतिको सपना नदेख्ने नेता नै हुँदैन’ भनेका हुन्।
















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया