ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले भारतको पीटीसी कम्पनीसँग गरिएको विद्युत खरिद सम्झौताबाट सरकारले करिब १ अर्ब २० करोड रुपैयाँ बराबर मुनाफा कमाएको दाबी गरेका छन्।
सोमवार संघीय संसदको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री घिसिङले यो जानकारी दिएका हुन्। उनले भने, सरकारले सो सम्झौताबाट ४३ करोड रुपैयाँ गुमाएको र ठूला आर्थिक चलखेल भएको भन्ने आरोप पूर्णतया गलत रहेको छ।
मन्त्री घिसिङका अनुसार, पीटीसीसँगको सम्झौताअनुसार विद्युतको मूल्य ८ रुपैयाँ १० पैसासम्म थियो भने हालको बजार मूल्य ६ रुपैयाँ ९५ पैसा रहेको छ। यसले सरकारलाई उल्लेखित मुनाफा दिलाएको र यसलाई क्षतिपूर्ति वा घाटाको रूपमा लिन सकिने अवस्था नभएको उनले स्पष्ट पारे।
उनले थपे, “यदि सरकारले तत्काल सो सम्झौता नगरेको भए देशमा लोडसेडिङको अवस्था सिर्जना हुनसक्ने थियो।” साथै, आवश्यक अनुसार सरकारले भारतसँग डे टु डे विद्युत खरिद सम्झौता गर्ने नीति अपनाउने गरेको र तत्काल आवश्यकता पूरा गर्न यसरी निर्णय गरिएको उनले बताए।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया