instainsta

किसानलाई दूधको भुक्तानी तीव्र, डीडीसीले दैनिक १ करोड रुपैयाँ वितरण गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ११ गते
किसानलाई दूधको भुक्तानी तीव्र, डीडीसीले दैनिक १ करोड रुपैयाँ वितरण गर्दै
AdvertisementAds

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) सुधारका लागि कार्ययोजना अघि बढाएपछि किसानलाई दूधको रकम भुक्तानी प्रक्रिया तीव्र बनेको बताएकी छन्।

डीडीसीले पछिल्लो चार महिनामा संकलित दूधको करिब ५८ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेकोमा हालसम्म १२ करोड रुपैयाँ किसानलाई भुक्तानी गरिसकेको जनाएको छ। साथै, बाँकीमध्ये एक महिनाको रकम आगामी जेठ १३ गतेभित्र वितरण गर्ने तयारी गरिएको छ।

हाल डीडीसीको दैनिक कारोबार करिब १ करोड रुपैयाँ रहेको छ। सोही रकम दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ। बाँकी करिब ४६ करोड रुपैयाँ पनि आगामी दुई महिनाभित्र चरणबद्ध रूपमा भुक्तानी गर्ने गरी काम भइरहेको छ।

मन्त्री चौधरीका अनुसार दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा सञ्चालन भइरहेकाले बाँकी रकम पनि क्रमशः किसानको खातामा जम्मा हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स