मिड सोलु हाइड्रोपावरको साधारण सभा पुस २८ गते बस्ने, यस्ता छन् प्रस्ताव

मिड सोलु हाइड्रोपावरको साधारण सभा पुस २८ गते बस्ने, यस्ता छन् प्रस्ताव

मिड सोलु हाइड्रोपावर लिमिटेडले तेस्रो वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । सभा मानसरोबर पार्टी प्यालेस पुरानो बानेश्वर काठमाडौंमा दिनको १२ः३० बजे गर्ने कम्पनीले जनाएको छ ।

सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा भएको संशोधन सम्बन्धीत निकायहरुबाट कुनै संशोधन ,फेरबदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन परिवर्मान गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा पुस ११ गते सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स