मेरो माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा ४८.२९ प्रतिशतले बढेर २१ करोड ६० लाख रुपैयाँमा पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी १९.१३ प्रतिशतले बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी १.२३ प्रतिशतले बढेर १० करोड रुपैयाँ पुगेको छ। यस्तै, कुल सञ्चालन आम्दानी १७.३६ प्रतिशतले बढेर १ अर्ब १५ करोड रुपैयाँ र सञ्चालन मुनाफा ५३.४८ प्रतिशतले बढेर ३३ करोड रुपैयाँ पुगेको हो।
चौथो त्रैमाससम्ममा लघुवित्तको खराब कर्जा अनुपात १.७६ प्रतिशत विन्दुले बढेर ९.९९ प्रतिशतमा पुगेको छ।
समीक्षा अवधिमा लघुवित्तले सापटी र निक्षेपबाट १२ अर्ब १८ करोड रुपैयाँ संकलन गरी १५ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८२ करोड ४६ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको वितरणयोग्य नाफा ११ करोड ३१ लाख रुपैयाँ रहेको छ।
लघुवित्तको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १९ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ११ पैसा रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

















प्रतिकृया