ठीक पाँच वर्षअघि आजकै दिन स्थापना भएको मेरो किसान लिमिटेडले भरतपुर महानगर २२ पटिहानीमा करिब ४० करोड रुपैयाँ लागतमा अत्याधुनिक कृषि प्रशोधन उद्योग र अत्याधुनिक कोल्ड स्टोर निर्माण थालेको छ। कम्पनीले सोमबार शिलान्यास गर्दै आगामी पुसभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ।
भरतपुर महानगरपालिका–पटिहानीमा दुई विघा क्षेत्रफलमा निर्माण भइरहेको पूर्वाधार आगामी पाँच महिनाभित्र सञ्चालनमा आउने कम्पनीका प्रवन्ध निर्देशक अविनाश सिलवालले जानकारी दिए। उद्योगमा तेल मिल, केचप, बेसार, अदुवाको सुठो, कफी लगायत २५ भन्दा बढी खाद्य सामग्री प्रशोधन हुनेछ।
सिलवालका अनुसार स्वदेशी कृषि उपजलाई प्राथमिकता दिई प्रशोधन गरिने र अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने योजना रहेको छ।
साथै, मेरो किसान लिमिटेडले १२ लाख कित्ता साधारण सेयर प्रति कित्ता १०० रुपैयाँ दरमा आईपीओ जारी गर्ने अन्तिम तयारीमा रहेको छ। आईपीओमार्फत संकलित पूँजी उद्योग विस्तार र प्रविधि आधुनिकीकरणमा लगानी गरिने कम्पनीले जनाएको छ।
बीउदेखि उत्पादनसम्मको सम्पूर्ण कृषि श्रृंखला निर्माण गर्दै मेरो किसान कृषि क्षेत्रमा बलियो ब्रान्ड बन्ने लक्ष्यसहित अघि बढिरहेको छ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया