instainsta

पोखरामा बेलुन विस्फोटपछि घाइते भएका अर्थमन्त्री पौडेल र मेयर सँगको भेटघाट पूर्ण रूपमा बन्द

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ४ गते
पोखरामा बेलुन विस्फोटपछि घाइते भएका अर्थमन्त्री पौडेल र मेयर सँगको भेटघाट पूर्ण रूपमा बन्द
AdvertisementAds

पोखरामा बेलुन विस्फोटका कारण घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको भेटघाटमा अस्पतालले रोक लगाएको छ। अस्पतालले एक विज्ञप्ति जारी गर्दै भनेको छ कि, “हालको अवस्थामा दुवैको अवस्था सामान्य भए तापनि संक्रमणको जोखिम रहेको कारण भेटघाट पूर्ण रूपमा बन्द गरिएको छ।”

हाइड्रोजन बेलुन पड्किँदा शनिबार अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए। दुवै जनालाई जलनका कारण कीर्तिपुर अस्पतालमा उपचार गरिएको हो।

मन्त्री पौडेलको हात र अनुहारमा जलन बढी भए पनि मेयर आचार्यको अनुहारमा मात्र जलन भएको अस्पतालले जनाएको छ। त्यस्तै, दुवैको फोक्सोमा धुँवा पस्न गएको कारण उनीहरूलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरियो।

अस्पतालले थप जानकारी नआएसम्म भेटघाटमा रोक लगाइएको र आज घाउको ड्रेसिङ गरिने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स