अर्थमन्त्री वाग्ले र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता, केके भयो छलफल ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २२ गते
अर्थमन्त्री वाग्ले र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता, केके भयो छलफल ?
AdvertisementAds

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच सोमबार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल र एडीबीबीचको विकास सहकार्य, लगानी परिचालन तथा आगामी सहकार्यका विषयमा छलफल भएको थियो।

भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको विकासका लागि एडीबीले गर्दै आएको सहयोग र लगानी परिचालनप्रति अध्यक्ष कान्डाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको बताएका छन्।

जवाफमा एडीबी अध्यक्ष कान्डाले नेपालको विकासमा सहकार्य गर्नु एडीबीको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स