SHAREHUBSHAREHUB

म्यानपावरले श्रमिकबाट तोकिएको शुल्कभन्दा बढी लिए लाइसेन्सनै खारेज हुने

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २२ गते
AdvertisementAds
म्यानपावरले श्रमिकबाट तोकिएको शुल्कभन्दा बढी लिए लाइसेन्सनै खारेज हुने
AdvertisementAds

वैदेशिक रोजगारीका नाममा श्रमिकहरूबाट तोकिएको सेवा शुल्कभन्दा बढी रकम असुल्ने म्यानपावर कम्पनीहरूलाई सरकारले कडा कारबाही गर्ने व्यवस्था गरेको छ। हालै जारी गरिएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत वैदेशिक रोजगार ऐनमा संशोधन गर्दै ठगी नियन्त्रणका लागि थप कठोर सजायको प्रावधान समावेश गरिएको हो।

नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा कामदार पठाउँदा सरकारले तोकेको सेवा शुल्क वा प्रवर्द्धन खर्चभन्दा बढी रकम लिएको पुष्टि भएमा सम्बन्धित म्यानपावर कम्पनीले सो रकम तत्काल फिर्ता गर्नुपर्नेछ भने प्रति कामदार ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। बारम्बार कानुन उल्लङ्घन गर्ने वा गम्भीर प्रकृतिको ठगीमा संलग्न पाइएमा वैदेशिक रोजगार विभागले त्यस्ता कम्पनीको इजाजतपत्र खारेज गर्न सक्ने व्यवस्था समेत गरिएको छ।

‘फ्री भिसा, फ्री टिकट’को नाममा तथा तोकिएको शुल्कभन्दा धेरै रकम असुल्ने गुनासो बढिरहेका बेला सरकारले ल्याएको यो कदमले श्रमिकहरूको हित संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सो व्यवस्था राजपत्रमा सूचना प्रकाशित भएसँगै देशभर कार्यान्वयनमा आएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स