लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो साधारण सभा, कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन १० गते
लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो साधारण सभा, कति दिँदैछ लाभांश ?
AdvertisementAds

मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असोज ३१ गते, शुक्रबार, बिहान ११ बजे थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा १८औँ वार्षिक साधारण सभा गर्ने भएको हो। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

साथै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डामा छलफल हुनेछ।

यस प्रयोजनका लागि कम्पनीले असोज २२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार असोज २१ गतेसम्म नेप्सेमा कारोबार गरी नाम दर्ता भएका शेयरधनीहरूले सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स