राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जनकपुरलाई विश्वभर अध्यात्मको राजधानीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार जनकपुरधाममा आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै झाले मुम्बई गणेश पूजाका कारण चिनिएजस्तै र कोलकाता काली पूजाका कारण चर्चित भएजस्तै जनकपुरलाई अध्यात्मको केन्द्रका रूपमा चिनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताए।
आफ्नो बाल्यकाल र शिक्षादीक्षा जनकपुरकै जानकी हाई स्कुल र राराब क्याम्पसमा भएको स्मरण गर्दै झाले बालेन शाहको नेतृत्वमा बन्ने सरकारमा एक सिपाही र सहकर्मीको आफू तयार रहेको बताए।
“म बालेनजीको नेतृत्वमा बन्ने सरकारको एक अनुयायी र सहकर्मीको रूपमा काम गर्न चाहन्छु,” उनले भने, “तर त्यसका लागि तपाईंहरूको मत, मन र आशीर्वाद आवश्यक छ।”
जनकपुरको विकासको खाका प्रस्तुत गर्दै उनले यहाँ राम जानकी रङ्गशाला निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरका खेलकुद आयोजना गर्ने र जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता जनाए।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया