राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आगामी निर्वाचनमा आफूहरूलाई एकपटक मौका दिन आग्रह गरेका छन्।
सोमबार जनकपुरमा आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै झाले पाँच वर्षपछि पुनः भोट माग्न नभई पाँच वर्षको कामको हिसाबकिताबसहित जनतामाझ आउने प्रतिबद्धता व्यक्त गरे।
“एकचोटि मौका दिनुस्,” उनले भने, ‘अर्को पटक अर्थात् १८२५ दिनपछि हुने चुनावमा अरूहरूले जस्तो फेरि मौका देऊ भनेर याचना लिएर आउने छैनौँ। हामी हाम्रो रिपोर्ट कार्ड लिएर आउनेछौँ कि पाँच वर्षमा हामीले के-के गर्यौँ।’
आफ्नो बाल्यकाल र शिक्षादीक्षा जनकपुरमै भएको स्मरण गर्दै झाले चिया पसलदेखि लस्सी पसलसम्म र चोकदेखि घर–घरमा पुगेर जनताका समस्या सुन्ने र समाधान गर्ने प्रतिबद्धता जनाए।
उनले बालेन शाह र रवि लामिछानेको नेतृत्वमा देश बन्ने विश्वास व्यक्त गर्दै त्यसका लागि मधेसको आशीर्वाद आवश्यक रहेको बताए।



















प्रतिकृया